Save The Earth Foundation International

Ramdhuni-1, Sunsari, Nepal

COMPLETED PROGRAMME

‘सेभ द अर्थ’ सुनसरीको संयोजनमा वृक्षरोपण सम्पन्न 2077-03-13

Post date:   Jun-28-2020 12:24 pm  |   By : Devi Prasad Chaudhary


Responsive image

ईनरुवा नगरपालिका वडा नं. ७ चाँदबेलामा अवस्थित श्री भान्सिया माईस्थान मन्दिर परिसरमा ईनरुवा न.पा. वडा नं. ७ को स्थानीय मन्दिर व्यवस्थापन समिति र सेभ द अर्थ सुनसरीको संयोजनमा विभिन्न प्रकारका बिरुवाहरु रोपण कार्य सम्पन्न गरिएको छ । बोटबिरुवा विनासले निम्त्याएको विनासलाई न्यूनिकरण गर्दै वातावरण स्वच्छतालाई अच्छ्यूर्ण राख्न वृक्षारोपण कार्यलाई निरन्तरता दिइएको सेभ द अर्थ नामक संस्थाका अध्यक्ष पुष्प भट्टराईले  बताएका छन् ।

ईनरुवा नगरपालिका वार्ड नं. ७ का वडा अध्यक्ष किशोर सिंहको प्रत्यक्ष सहभागिता र सहयोगमा धार्मिक क्षेत्रमा धार्मिक परिवेशसँग सम्बन्धित बिरुवाहरु रोपण गरिएको हो । यसले वातावरण स्वच्छ र हरियाली प्रदान गर्नुका साथै धार्मिक कार्यमा आवश्यक पर्ने बिरुवाहरुको सहज उपलब्धताका लागि उक्त बिरुवाहरु रोपण गरिएको संस्थाका अध्यक्ष भट्टराईले नेपालबहस डटकमलाई जानकारी दिए ।

रुद्राक्ष, बेल, अमला, पिपल, पलाँस, सल्लो, समी, श्रीखण्ड, रक्तचन्दन, निमपत्ती लगायत विभिन्न जातका फुलका बिरुवाहरु रोपण गरिएको अध्यक्ष भट्टराईले जानकारी गराए । वृक्षरोपण कार्यक्रममा ईनरुवा नगरपालिका वाड नं.७ का वडा अध्यक्ष किशोर सिंह, समाजसेवी सज्जनलाल चौधरी, सेभ द अर्थका प्रतिनिधि देवि चौधरी, मन्दिरका पुजारी झमेली खतवे र WVI Nepal किताब परियोजनाका फिल्ड अफिसरहरु, युवा समूहका प्रतिनिधिहरु, स्थानीय बाल समूहमा आबद्ध बालबालिकाहरु, जेष्ठ नागरिक प्रतिष्ठानका सदस्यहरु लगायतको संयुक्त पहलमा उक्त बृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको थियो ।






All programmes