सेभ द र्अथ फउन्डेसन इन्टरनेश्नल

रामधुनी -१, सुनसरी, नेपाल

मिशन, लक्ष्य र उद्देश्यहरू

मिशन :

         सुनसरी जिल्लामा परम्परागत रुपमा रहेका असल विकासशिल सामाजिक संरचनाहरुको जर्गेना गर्दै एकल महिला, जेष्ठ नागरिक, किशोर किशोरीहरु तथा वाल वालिकाहरुलाई सामुदायिक वातावरणीय तथा स्वास्थ्य समाज निर्माणमा लागिपद ५ बर्ष भित्र मा क्षेत्रिय स्तरको सामाजिक संस्थाको रुपमा विकास भएको हुनेछ ।

लक्ष्यः– अधिकारमा आधारित जनकेन्द्रित विकासमा सहयोग पु¥याउने ।

परिकल्पनाः– दिगो विकासका लागि स्वास्थ्य तथा पर्याव।रणिय मैत्री समाज निर्माणमा सहयोग पु¥याउने ।

अभिप्रायः – सुनसरी जिल्लाका शहरी तथा ग्रामीण क्षेत्रका समुदाय तथा समाजसँग साझेदारी गर्दै उनीहरुको सामाजिक, आर्थिक मानविय स्तरको विकास गर्ने ।

उद्देश्यः 

  • प्राकृतिक र मानववीचको सम्वन्ध पर्यावरणीय दृष्टिकोणले अगाडि वढाउने ।
  • महिला तथा वाल वालिकालाई समुहमा केन्द्रित वनाई सशक्तिकरण गर्ने ।
  • दलित र पिछडिएका समुदायहरुलाई अधिकारमा आधारित जन चेतना जगाउन स गठित गर्ने ।
  • सृजनशीलता मौलिकतालाई जोड दिई विकास कार्यहरु अगाडि वढाउने ।
  • निरक्षरता उन्मुलनका लागि सहयोग पु¥याउने ।
  • जेष्ठ नागरिकको सम्मान, अधिकारको लागि आवश्यक खोजी गर्ने ।
  • वाल अधिकार प्राप्तका लागि सवालगत रुपमा अगाडि वढाउने ।
  • महिला अधिकारका लागि चेतना फैलाउने,
  • किशोर किशोरीहरुको समुहलाई सकारात्मक विकासवारे सचेतना जगाउने ।

रणनितीः

  • समुदायमा आधारित कार्यक्रमहरुमा जोड दिने ।
  • सहभागीतात्मक कार्यक्रम तथा योजना तयार गर्ने ।
  • समन्वय सम्बन्ध साझेदारीमा आधारित कार्यक्रमलाई प्राथमिकता दिने ।
  • सामाजिक परिचालन तथा सशत्तिलकरणा माध्यमवाट अगाडि वढाउने ।
  • परम्परागत रुपमा रहेका समाजको दिगो विकास सम्बन्धी अवधारणालाई अगाडि वढाउने ।
  • स्थानिय संघ संस्था समुहको साझेदारी तथा समन्वयमा काम गर्ने ।