सेभ द र्अथ फउन्डेसन इन्टरनेश्नल

रामधुनी -१, सुनसरी, नेपाल

सेभ द अर्थको बारेमा

पृष्ठभुमीः–

              विद्यमान सामाजिक जटिलतासँगै आएको खुल्ला बहुदलिय राजनैतिक तथा सामाजिक अवस्थामा सबै क्षेत्रबाट विकासका प्रयासहरु, प्रक्रियाहरु वृद्धि भएकोले यही सोच र अवधारणालाई संस्थागतरुप दिन गैर सरकारी संस्थाहरुको उद्भव संख्यात्मक तथा गुणात्मक रुपमा वृद्धि भएको यर्थाथलाई भुल्न सकिन्न । यही यर्थाथको धरातलमा सुनसरीका उत्साही युवाहरु, सकारात्मक सामाजिक परिवर्तनका लागि संस्थागत रुपमा एउटा संस्था खोल्ने सोच भए अनुरुप यस संस्थाको प्रादुर्भाव भएको हो ।

              आफ्नो जन्म कालदेखि नै यसले आफ्नो सोच र विचारलाई व्यवहारमा उतार्ने कोशिशमा लागि परेको छ । र सुनसरी जिल्लाका सामाजिक संघ संस्थाहरुको विचमा आफ्नो छुट्टै पहिचान तथा अवस्था निर्माण गर्न सफल भएको छ ।
रुपान्तरण तथा गतिशिल नेतृत्वका लागि, सामाजिक जटिलताहरुमा, जटिलताको समाधानको सही मार्गको खोजीमा, समुदाय तथा व्यक्ति–व्यक्तीहरुलाई सहभागीतात्मक रुपमा सहभागी गराई योजनावद्ध रुपमा देश विकास तथा स्थानिय विकासका संस्थागत संरचना र निती नियम सँगै जान सकिन्छ साथै यसको खोजी, अनुसंधान तथा प्रतिवेदन तयार गरी विभिन्न सामाजिक विकासको क्षेत्रहरुमा सहयोग पु¥याउने अठोट यस संस्थाले गर्दछ ।

१. संस्थाको विवरणः–

         १.१  संस्थाको नामः–                   अन्तराष्ट्रिय पृथ्वी वचाउ संस्था ।

         १.२  छोटकरीमा नामः–             सेभ द अर्थ
         १.३  कार्यालयको ठेगानाः–         इनरुवा–५, सुनसरी
         १.४ सम्पर्क फोन नं.                       ०२५–५६०६६५
         १.५ सम्पर्क व्यक्तिको नामः–       पुष्प भट्टराई
         १.६ संस्थाको दर्ता भएको कार्यालयः–      जि.प्र.का. सुनसरी,  २०५१ / ११ / २ / २२५
                                                                            स.क.पा.  , काठमाण्डौं २०५२ / २ / १९ / २८५१
                                                                           N.G.O.C.C , सुनसरी
                                                                            N.G.O.Fed , सुनसरी
        १.७  संस्थाको कार्य समितीः–            ९ जना
        १.८  संस्थागत आवद्धः–                   २५ जना
                                                                  महिला ११, पुरुष १४
        १.९  संस्थाको छैठौ साधारण सभाः–   २०६३ आषाढ ।

सेभ  द  अर्थको  पुरा पृष्ठभुमी हेर्नको  लागि  एस  लिंकमा  Download Now  गएर फाइल download  गर्नु 

आगामी कार्यक्रम


    Programmes not available